Nepal Purbadhar

तोडफोड र आगजनीपछि यस्तो देखियो गोलबजारको चौहर्वा जामे मस्जिद (तस्बिरहरू)


सिरहा। सिरहाको गोलबजारस्थित चौहर्वा जामे मस्जिद आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि क्षतिग्रस्त अवस्थामा पुगेको छ।

सुनसरीको घटनालाई लिएर गोलबजारमा साउन १४ गते भएको विवादका क्रममा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको थियो। त्यसपछि उत्पन्न अशान्तिका बीच मस्जिदमा तोडफोड र आगजनी भएको थियो।

आगलागीका कारण मस्जिदको भौतिक संरचनामा क्षति पुगेको मात्रै होइन, भित्र राखिएका धार्मिक ग्रन्थ हदिस तथा पवित्र कुरानका प्रतिलिपिसमेत जलेर नष्ट भएका छन्।

घटनापछि सुरक्षाकर्मीको उपस्थितिमा अवस्था सामान्य बनाउने प्रयास गरिएको भए पनि स्थानीयवासीले धार्मिक तथा सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्नमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

आन्दोलन र हिंसात्मक घटनाबाट धार्मिक तथा सार्वजनिक संरचनामा पुगेको क्षतिले स्थानीय समुदायमा चिन्ता थपिएको छ। प्रभावित क्षेत्रमा शान्ति, सद्भाव र आपसी विश्वास कायम गर्न सबै पक्ष संयमित हुनुपर्ने आवाज पनि उठिरहेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

बम्पर उपहारको पहिलो विजेता बने २५० को सामान किन्ने उपभोक्ता, पाउनेछन् ७ लाख ५० हजार

Read Next

मधेसमा पाँच वर्षमा ९९ ट्रान्सफर्मर चोरी, किसान प्रत्यक्ष प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar