Nepal Purbadhar

रिटार्यड हुन दुई साता बाँकी हुँदा ऊर्जा सचिव चटौतको सरुवा,दवाडीले पाइन् जिम्मा


काठमाडौं । ऊर्जा सचिव चिरञ्जीवी चटौत सरुवा भएका छन् ।

रिटार्यड हुँन दुई साता बाँकी हुँदा उनी नेपाल ट्रष्टको कार्यालय सरुवा भएका हुन् । शुक्रबार नै चटौतले सरुवा भएको पत्र बुझिसकेका छन् । सोमबार ऊनी ऊर्जा मन्त्रालय हाजिर भएपनि काम भने गरेका छैनन् । असार पहिलो साता उनी रिटार्यड हुँदेछन् ।

कार्यकालको दुई साता बाँकी हुँदा सरुवा भएपछि चटौत बिदा बस्ने वा ट्रष्टको कार्यालयमा हाजिर गर्ने भन्ने दुविधामा छन् । चटौतले ऊर्जा मन्त्रालयबाटै रिटार्यड भएर बिदा लिन चाहेका थिए ।

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा दुई जना सचिव हुने व्यवस्था थियो । ऊर्जा हेर्न र सिंचाई हेर्न दुई जना सचिव राखिएको थियो । सरकारले एउटा मन्त्रालयमा एक जना सचिव राख्ने निर्णय गरेपछि चटौतको सरुवा भएको हो । सिंचाई सचिव सरिता दवाडीले ऊर्जा समेत हेर्ने गरी निर्णय भएको छ । उनले सोमबारदेखि ऊर्जा पनि हेर्ने गरी जिम्मेवारी सम्हालेकी छन् ।

२०८२ असोज दोस्रो साता चटौत सचिवमा बढुवा भएका थिए । चटौत ऊर्जाकै क्याडर हुन् । सालिन स्वभावका चटौत सोझा कर्मचारीमा पर्छन् ।


Read Previous

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोग गर्दा भाटभटेनीका ग्राहकले ब्याज तिर्नु नपर्ने

Read Next

२३ सचिवको जिम्मेवारी हेरफेर, ६ जनाको सरुवा, कृष्णहरि पुष्कर सहित ६ जना जगेडामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar