Nepal Purbadhar

बाढीले पुल बगाएपछि तुइनबाट त्रिशूली वारपार गर्दै स्थानीय (तस्बिरहरू)


नुवाकोट। त्रिशूली नदीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीयलाई नदी वारपार गर्न तुइनको भर पर्नुपर्ने अवस्था आएको छ।

बाढीपछि विदुर नगरपालिका-१ इन्द्रायणी चौर र विदुर-९ कोलनी तथा गुम्बा डाँडा क्षेत्रलाई जोड्ने गरी गत भदौ १५ गते तुइन जडान गरिएको हो।

तुइनमार्फत स्थानीयले आवतजावत गर्नुका साथै औषधि तथा अत्यावश्यक सामग्रीसमेत वारपार गरिरहेका छन्।

देवीघाट बजार क्षेत्रमा पनि तुइन तयार पारिएको छ। बाढी प्रभावित क्षेत्रमा तत्कालका लागि आवतजावत सहज बनाउन बागमती प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी विभिन्न स्थानमा तुइन निर्माण अघि बढाएको हो।

बाढीका कारण पुल तथा सडक पूर्वाधारमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावत तथा अत्यावश्यक सामग्री ओसारपसारमा समस्या भएको छ। तत्कालीन रूपमा आवतजावत सहज बनाउन अन्य प्रभावित क्षेत्रमा समेत तुइन निर्माण गर्ने योजना प्रदेश सरकारको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

लाङटाङ भोटेकोशी जलविद्युत् आयोजना अपडेट: फर्कियो उद्धार टोली, ‘सुरुङमा केही भेटिएन’

Read Next

भोटेकोशी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुलको मर्मतमा तीव्रता दिईने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar