
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत देखिएका ७ ओटा व्यावसायिक फर्मलाई ३ लाख ५५ हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले बिहीबार काठमाडौं उपत्यकाका ३७ ओटा व्यावसायिक फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कैफियत भेटिएका फर्मलाई उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनअनुसार जरिवाना गरिएको विभागले जनाएको छ।
विभागका अनुसार ललितपुरको कुमारीपाटीस्थित स्याकार ट्रेडिङ कम्पनीलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, टिकाथलीस्थित सफ्ट ट्रेडिङलाई २० हजार रुपैयाँ, काठमाडौंको खिचापोखरीस्थित एनटीएम क्रियसनलाई १० हजार रुपैयाँ तथा खिचापोखरीकै अन्सु कलेक्सन, मैजुबहालको प्रशिष खाद्य भण्डार र चाबहिलको जय श्री पशुपति ट्रेडर्सलाई ५/५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
विभागले बजारमा वस्तु तथा सेवाको मूल्य, गुणस्तर, बिलबिजक तथा व्यवसाय सञ्चालनसम्बन्धी प्रचलित कानुनको पालना भए/नभएको विषयमा नियमित अनुगमन गर्दै आएको छ।


