Nepal Purbadhar

चार हिमताल फुटाइने, जलविद्युत् आयोजनामा ६ बुँदे सुरक्षा अवधारणा लागू हुने

एआई निर्मित तस्बीर।


काठमाडौ। बाढी तथा हिमतालजन्य विपद्को जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत ‘ग्लफ संजीवनी आयोजना’ अघि बढाइएको छ।

युएनडीपीको प्राविधिक सहयोग तथा हरित जलवायु कोष (जीसीएफ) र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालन हुने आयोजनाअन्तर्गत संखुवासभाको तल्लो बरुण, सोलुखुम्बुको होन्गु-२ र लुम्दिङ छो तथा मनाङको ठुलागी हिमताल गरी चार हिमतालको पानीको सतह घटाउने योजना छ।

त्यससँगै हिमतालका तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली जडान तथा सञ्चालन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।

जलविद्युत् आयोजनामा ६ बुँदे सुरक्षा अवधारणा

बाढीबाट जलविद्युत् आयोजनामा पुगेको क्षतिपछि मन्त्रालयले आयोजनाको निर्माण तथा सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउन ६ बुँदे सुरक्षा अवधारणा अघि बढाउने तयारी गरेको छ।

आयोजना सुरक्षा अधिकारी, बीमा, गुमेको आम्दानी, खोज तथा उद्धार व्यवस्थापन, न्यूनतम आवश्यक सूची र द्रुत सूचना संयन्त्रलाई उक्त अवधारणामा समेटिएको छ।

सम्बन्धित निकायमार्फत उक्त सुरक्षा अवधारणा लागू गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।


Read Previous

भोटेकोशी बाढीपछि ऊर्जा मन्त्रालयका १५ दिन, विद्युत् सेवा सुचारुदेखि के के काम भए?

Read Next

अतिरिक्त ढुवानी खर्च नलिन महासंघको आग्रह, ग्याँसको मूल्य घट्ने, २ हजार ६० रुपैयाँमै पाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar