Nepal Purbadhar

तोलामा २० हजार पाँच सयले बढ्यो सुनको मूल्य


काठमाडौं। केही दिनयता लगातार घटिरहेको सुनको मूल्य आज भने उच्च दरले बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि भएको हो।

गत शुक्रबार प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ७३० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।


Read Previous

धुलिखेल–खावा सडकको बिजोग अवस्था, निर्माण सामग्री अभावले निर्माण सुस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar