Nepal Purbadhar

‘सुपर कृषक’अब आईफोनमा पनि उपलब्ध, कृषि ज्ञान, सूचना र डिजिटल परामर्श सेवा सहज


काठमाडौं । नेपाली कृषकलाई डिजिटल कृषि सेवा उपलब्ध गराउँदै आएको ‘सुपर कृषक’ मोबाइल एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ। एपको आईओएस संस्करण सार्वजनिक भएपछि अब एप्पल एप स्टोर मा “सुपरकृषक” डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।

विगत तीन वर्षदेखि डिजिटल कृषि सेवामा सक्रिय सुपर कृषकले हालसम्म ४० हजारभन्दा बढी कृषक, कृषि उद्यमी तथा कृषि क्षेत्रमा रुचि राख्ने प्रयोगकर्तासम्म सेवा पुर्‍याइसकेको जनाएको छ। यसअघि एन्ड्रोइड प्रयोगकर्तामाझ सीमित रहेको एप अब आईओएस मा पनि विस्तार भएपछि डिजिटल कृषि सेवाको पहुँच थप बढ्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार प्रयोगकर्ताबाट प्राप्त सुझाव, कृषक समुदायको माग तथा सबै प्रकारका स्मार्टफोन प्रयोगकर्तासम्म सेवा पुर्‍याउने उद्देश्यले आईओएस संस्करण सार्वजनिक गरिएको हो।

सुपर कृषकलाई केवल मोबाइल एप मात्र नभई कृषकको दैनिक कृषि निर्णयमा सहयोग गर्ने डिजिटल कृषि साथीका रूपमा विकास गरिएको कम्पनीको भनाइ छ। एपमार्फत कृषकले कृषि तालिम सामग्री, एआई आधारित बाली रोग तथा कीरा पहिचान सेवा ‘कृषि डाक्टर’, व्यक्तिगत कृषि परामर्श, मौसम पूर्वानुमान तथा बजार मूल्यसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।

एन्ड्रोइड र आईफोन दुवैमा एप उपलब्ध भएपछि मोबाइलको प्रकारका कारण डिजिटल कृषि सेवामा पहुँच सीमित नहुने कम्पनीले जनाएको छ। यसबाट देशभरका कृषक आधुनिक कृषि प्रविधि, समयमै सूचना र व्यवहारिक परामर्शसँग जोडिन सहज हुने विश्वास गरिएको छ।

सुपर कृषकले हरेक कृषकसम्म कृषि ज्ञान र प्रविधि पुर्‍याउने आफ्नो प्रतिबद्धता आईओएस विस्तारसँगै अझ सशक्त भएको जनाएको छ। अहिले ‘सुपरकृषक’ एप गुगल प्लेस्टोर र एप्पल एप स्टोर दुवैमा उपलब्ध छ।


Read Previous

नेपाल–रोमानिया व्यापार सहकार्य विस्तारबारे काठमाडौंमा व्यवसायिक अन्तरक्रिया

Read Next

बौद्ध महोत्सव २०८३ जेठ २३ गते बौद्धमा आयोजना हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar