
काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि पाँच हजार १५० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

