
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागको सिफारिसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा बढाउन लागेको हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धीलाई आधार बनाएर भाडनका सवारीसाधनको ५ प्रतिशत भाडा बढाउने तयारी छ । बिहिबार सार्वजनिक सूचना जारी गरेर यसबारे सर्वसाधरणलाइ जानकारी दिइनेछ । यस अघि चैत२५ गते भाडाका सवारीसाधनको १६.७१ प्रतिशत भाडा बढाइएको थियो । यस्तै पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीसाधनको २१,६८ प्रतिशत र तराइमा चल्ने मालवाहक सवारीसाधनको १५.७५ प्रतिशतले भाडा बढाइएको थियो ।
भाडाका साथै ढुवानीका सवारीसाधनको समेत पुन:भाडा बढाउन लागिएको छ । ढुवानीका सवारीसाधनको भाडा बढ्दा बजारमा महंगी समेत बढ्छ । जसले आम सर्वसाधरणको जीवन थप कष्टकर बन्न पुग्छ ।
भाडा समायोजन हुनु अघि १८२ रुपैया प्रतिलिटर रहेको डिजेलको मूल्य अहिले २३७ रुपैयाँ पुगेको छ । अमेरिका इरान युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।
वैज्ञानिक भाडादर प्रणालीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ३५ प्रतिशत र अन्य बीमा,बैंक ब्याज,पार्ट पूर्जा,टायर , लुब्रिकेन्टलगायतको ६५ प्रतिशत भार तय हुन्छ ।१५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित रुपमा भाडा समायोजन गर्ने व्यवस्था छ ।
