
काठमाडौ । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने भएपछि अहिले जताततै त्यसकै चर्चा छ। शनिबार बिहानदेखि नै अतिक्रमित घरटहरा भत्काउने सरकारी तयारी छ। सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो।

सुकुमबासीहरुलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ। आज शुक्रबार पनि दिनभर माइकिङ गर्ने र शनिबार बिहानै डोजर चलाउने तयारी छ। बागमती किनारका थापाथली, सिनामंगल, टेकु, बल्खु लगायत क्षेत्रमा सुकुमबासी बस्ती छ। प्रस्तुत तस्बिर थापाथली, टेकु र बल्खु क्षेत्रका सुकुम्बासी बस्तीका हुन्।
तस्बिरहरु नेपाल फोटो लाइब्रेरी



