
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।
एनआईसी एसियाले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएको बारेमा जानकारी गराएको छ ।
साथै, हालका लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मुकरर गरिएको समेत जनाएको छ ।

