Nepal Purbadhar

जेनजी आन्दोलनपछि सेयर बजार: ६ प्रतिशतले घट्यो बजार, बिहीबारलाई कारोबार बन्द


काठमाडौं । देशमा भएको राजनीतिक परिवर्तनपछि बिहीबार खुलेको सयर बजार लगातार तीन पटक नेगेटिभ सर्किट लागेपछि बिहीबारलाई कारोबार बन्द भएको छ ।

बिहीबार खुलेको सेयर बजार दोस्रो मिनेटमा नै १०७.०४ अंकले घटेको थियो । ४ प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको बजार २० मिनेटका लागि रोकिएको थियो ।

त्यसपछि पुन खुलेको बजारमा फेरि नकरात्मक सर्किट लागेको थियो । यसपटक भने बजारमा १३३.६३ अंक अर्थात ५ प्रतिशतले बजार घटेको थियो ।

तेस्रो पटक पनि बजारमा पुन: नेगेटिभ सर्किट लागेको थियो । १६०.३३ अंकले घटेर बिहीबारको बजार बन्द भएको छ ।

कारोबार बन्द हुँदा बजार २५११.११ बिन्दुमा रोकिएको छ ।


Read Previous

जेन जी आन्दोलन: ध्वस्त नन्द किशोर पुनको घर

Read Next

एनआईसी एसिया बैंकका सीइओ न्यौपानेले दिए राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar