Nepal Purbadhar

युके पठाईदिन्छु भन्दै ११ करोड बढी ठगी गर्ने दुई पक्राउ


काठमाण्डौं । युके पठाईदिन्छु भन्दै ठगी गर्ने  दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मिति २०८२ जेठ २५ गते काठमाडौं महानगरपालिका–३२, नरेफाँट क्षेत्रबाट लक्ष्मण पराजुली र अरुण राज शर्मालाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले हालसम्म ३८ जना पीडितलाई युके पठाइदिने भन्दै झुटा आश्वासन दिएर रु ११ करोड ६ लाख ९७ हजार बराबरको रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

महेश लिम्बुको जाहेरीका आधारमा नेपाल सरकार वादी र लक्ष्मण पराजुलीसहित प्रतिवादी रहेका उक्त प्रकरणमा वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौंबाट व्यक्तिहरूलाई पक्राउ गरी उपस्थित गराउन अनुरोध गर्दै पठाइएको पत्र प्राप्त भएसँगै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।

पक्राउ परेका दुवै जनालाई मिति २०८२ जेठ २६ गते थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौमा बुझाइएको छ।


Read Previous

गर्मी बढेसँगै बढ्न थाल्यो पङ्खा (फ्यान) को बिक्रि 

Read Next

रेमिट्यान्समा १३.२ प्रतिशतको बढ्यो, ४ लाखले लिए नयाँ श्रम स्वीकृति