
काठमाडौं । जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट जलविद्युत क्षेत्र अछुतो छैन् । जलवायु परिवर्तनकै कारण बनिरहेका धेरै संरचनाहरू छोटो समयमै नोक्सानमा पर्नु, बिग्रनु वा क्षति व्यहोर्नु पर्ने जस्ता जोखिमहरु व्यहोरिरहेका छन् । कुनै वर्ष पानी नै नपर्ने, कहिले अत्यधिक पानी परेर पूरै जलविद्युत आयोजना बगाएको अवस्था छ ।

पूर्वमा दर्जनौ जलविद्युत आयोजनाले गम्भीर क्षति व्यहोर्नुपर्यो । सुक्खायाम बढ्दा सम्झौता अनुसारको बिजुली उत्पादन गर्न नसक्दा दर्जनबढी जलविद्युत आयोजनाले पेनाल्टी तिर्ने गरेका छन् ।, विकासका पूर्वाधारहरू पनि अब बदलिँदो मौसमको चुनौती झेल्न सक्ने हुनुपर्छ । यस्तै संरचनालाई ‘क्लाइमेट रेजिलेन्ट स्ट्रक्चर’ भनिन्छ ।

अहिले पनि नेपालमा यस्ता पूर्वाधारको निर्माण सुरु भएको छैन् । सरकारले कुनै पनि नीतिगत निर्णय गरेको छैन् । निजी क्षेत्र यस्ता पूर्वाधार बनाउन तयार भएपनि यसमा लाग्ने थप कष्ट व्यहोर्ने अन्योलतमा छ ।

क्लाइमेट रेजिलेन्ट स्ट्रक्चर जसले अत्यधिक वर्षा, बाढी, खडेरी, तापक्रम वृद्धि जस्ता प्राकृतिक संकटमा समेत आफ्नो कार्यक्षमता जोगाउन सक्छ ।
इप्पानका उपाध्यक्ष आनन्द चौधरीसँग नेपाल पूर्वाधार डट कमका लागि दिनेश खड्काले गरेको कुराकानी-