
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगहरुलाई जेठ मसान्तभित्र पुनरावेदनमा जान आग्रह गरेको छ
२०७२ माघदेखि २०७५ बैशाखसम्म बक्यौता रहेका ग्राहकहरुलाई प्राधिकरणको विद्युत वितरण विनियमावली २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम बिल रकमको ५ प्रतिशत रकम बराबरको नगद वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीबापत जम्मा गरी प्रशासकिय पुनरावेदनमा आउन आग्रह गरेको छ।

प्राधिकरण सञ्चालक समितिले धरौटी ५ प्रतिशतमा झारेर उद्योगीहरुलाई पुनरावेदनमा आउन आग्रह गरेको हो ।
उद्योगी र प्राधिकरणबीच डेडिकेटेड ट्रंकलाइनको विषयमा विवाद छ । उद्योगीहरुले टिओडी मिटरको विवरण मागिरहेका छन् । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य पुनरावेदनमा आएपछि समस्या समाधान हुने बताउँछन् । त्यसपछि उद्योगीहरुलाई अदालत जान समेत बाटो खुल्नेछ । प्राधिकरणका अधिकारीहरुले यो विवाद अदालतले टुंग्याओस भन्ने चाहान्छन् ।