
काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको छिनोफानो विद्युत नियमन आयोगले गर्नुपर्ने बताएका छन् ।
विद्युत नियमन आयोगको छैटौं वार्षिक उत्सवको अवसरमा अधिकार सम्पन्न विद्युत नियमन आयोग हुँदा हुँदै टिओडी मिटरको विषयमा विवाद भएको बताए । ‘अधिकार सम्पन विद्युत नियमन आयोग छ । टिओडी मिटरको विषयलाई लिएर यति लामो विवाद भयो । तिर्नुपर्ने रकम नतिर्ने,
उठाउनुपर्ने रकम नउठाउने, यस्तो पनि हुनुहुन्छ र यसको छिनोफानो गर्ने दायित्व नियमन आयोगको हो,’ उनले भने, ‘हामीलाई बिल दिनु्स तिर्छौं भन्छन्, पठाउने निकाय बिल नै त्यहि हो भन्छ । सरकारले छुट दिने भनेको छैन् । तिर्दैनौं भनेको पनि छैन् ।’

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौताका विषयमा उद्योगी र प्राधिकरणबीच विवाद रहेको छ। टिओडी मिटरको विवरणलाइ लिएर विवाद उत्पन्न भएका कारण बक्यौता उठ्न सकेको छैन् ।