
default
काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत पर्ने नागढुंगा-नौबिसे सडक खण्ड सुधारका लागि आशिंक रुपमा बन्द गरिने भएको छ ।
बैशाख २२ गतेदेखि ३१ गतेसम्म राती ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधनहरु रोकि निर्माण कार्य गरिने भएको हो ।
नागढुंगा चेकपोष्ट-पिप्ला मोड र खत्री पौवामा सवारीसाधन रोकिनेछ ।

साथै साना तथा मझौला सवारीसाधनहरुला सीतापाइला-भीमढुंगा-धार्के सडक तथा सामाखुसी-टोखा-गुर्जेभन्ज्याङ-छहरे-त्रिशुली-गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।




