Nepal Purbadhar

ऊर्जा राज्यमन्त्री गर्बुजाले गरे पदबहाली


काठमाडौँ । । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् ।

राज्यमन्त्री खर्बुजाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट सपथग्रहण गरेपछि सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।

पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

पूर्ण बहादुर तामाङ ‘कान्छाराम’लाई बर्खास्त गरेर गर्बुजालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।


Read Previous

 कुलमानले भारतबाट बिजुली ल्याउन पीईसीमा गरेको सहमति अनुमोदन गर्दै ऊर्जामन्त्री

Read Next

भोलिबाट राति ११ बजेदेखि ३ बजेसम्म बन्द गरी निर्माण गरिने नागढुंगा नौबिसे सडक यस्तो बन्दै छ