Nepal Purbadhar

२०८१ लाई फर्केर हेर्दा कुलमानको बर्खास्तीदेखि दु्र्गा प्रसाई पक्राउसम्म


आज देखि नेपाली नया वर्ष अर्थात् २०८२ सुरु भएको छ  । २०८१ अरु वर्षहरु झैं सामान्य वितेको वर्ष पक्कै हैन्, सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिंदै अनि हरेक उपहारसंगका अनुभवहरू छाडेर गएको छ ।

नेपाल फोटो लाइब्ररि द्वारा खिचिएका केहि तस्बिरहरु २०८१ नेपालीजनले सम्झिनुपर्ने, विर्षिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका बारेमा चर्चा गरौ

यो वर्ष देश भरि ठुला घटना हरुको सामना गर्नु पर्यो बाढी पहिरोले धेरै स्थान हरु तहसनहस बनिदियो , काठमाडौँ उपत्यका साथै देश भरि नै ठुलो जन धन को क्षति भयो

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस बेपत्ता भएका थियो भने अहिले सम्म बस भेटिएको छैन। भने श्रावण ९ गते त्रिभुवन विमानस्थलमा नजिकै शौर्य एयर विमान दुर्घटना १८ जनाको मृत्यु भयो श्रावण २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो थियो र असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो, पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते हुनुभयो भारती पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते भए र भारत सरकारकी युवा तथा खेलकुद राज्यमंत्री रक्षा खडसे उक्त बस दुर्घटनामा घाइते भएकाहरुको अबस्था बारे जानकारी लिन टिचिङ अस्पतालमा आइपुगे ।

यसबर्ष देश लाइ बिश्व सामु चिनाउन धेरै कुराहरु भए पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धन ले दिलाएकी छन र कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गर। नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जी ले कीर्तिमान बनाए, कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यहि वर्ष नयाँ कीर्तिमान बनाए उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए ।

शिशापाङ्मा १४औं हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् ।फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्। उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन्। मंसिर १५ नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिग को आयोजना गरियो जुन खेल अन्तराष्ट्रिय स्तर मा समेत चर्चा भयो ।

यस बर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भयो भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो ।

 

यहि बर्ष नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भए भने उनको पदमुक्त लाइ लिएर
आन्दोलन हरु भए भने प्रतिनिधिसभामा कुलमान घिसिङ को विषय लिएर प्रतिपक्षले गरे सदन अवरोध गरे
र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा हितेन्द्रदेव शाक्यले पाए र यसै वर्ष देशमा नवनियुक्त नेपाली प्रहरीका ३१ औं प्रमुख दीपक थापालाई नियुक्त गर्‍यो ।

जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परे भने उनि अहिले कारागार चलान भएका छन्।
मे

व्यवसायी तीनकुने घटनाका लाइ लिएर मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गरि १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

यसै बर्ष कुटनीतिक भ्रमण भए मंसिर २१ भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमण गरे भने ।वैशाख २३, जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण, वैशाख ११ गते कतारका अमिर(राजा) तमिम विन हमाद अल थानी नेपालको २ दिने औपचारिक भ्रमण गरे ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीले आज हनुमानढोका दरबार स्क्वायरको भ्रमण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबंधन पछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिनु भयो भने नेपाली कांग्रेसद्वारा संसद अवरोध निकै धेरै समय रह्यो ।
यसै बर्ष मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन सम्पन्न भयो।

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी


Read Previous

नयाँ वर्ष २०८२: पुनः सुरु भयो नेपाल पूर्वाधार डट कम

Read Next

जलविद्युत आयोजनाको लाइसेन्स अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्ने गाइडलाइन बन्दै, सर्वसाधरणको सेयर के हुन्छ  ?