Nepal Purbadhar

सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्यो


काठमाडौ । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रबन्ध निर्देशक पदबाट बर्खास्त गरेको हो । उनलाई बर्खास्त गरेर प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।

घिसिङलाई हटाउन यस अघि नै सरकारले स्पष्टीकरण सोधेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनलाई मन्त्रालय सरुवा गर्ने तयारी गरेको थियो । तर मन्त्रिपरिषद्ले उनलाई बर्खास्त गरेको हो ।

सोमबार मन्त्रिपरिषद्को बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उच्चस्तरीय भेटवार्ता भएको थियो । भेटवार्तापछि घिसिङलाई हटाउने निर्णय भएको हो ।


Read Previous

कुलमान भन्छन्, ‘‍ मन्त्रीले हल्ला गरे जस्तो घरायसी लोडसेडिङ हुँदैन’

Read Next

आफुलाई हटाउने सरकारको निर्णय विरुद्ध कुलमान अदालत जाने