Nepal Purbadhar

कुलमान भन्छन्, ‘‍ मन्त्रीले हल्ला गरे जस्तो घरायसी लोडसेडिङ हुँदैन’


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले हल्ला गरे जस्तो घरायसी लोडसेडिङ नहुने बताएका छन् ।

बुधबार मन्त्री खड्काले राष्ट्रिय सभालाई सम्बोधन गर्दै अब उद्योगपछि घर घरमा लोडसेडिङ हुने बताएका थिए  । उनले भारतबाट बिजुली नआउँदा लोडसेडिङ भएको भन्दै कुलमान उज्यालो नेपालको नायक नभएको बताए । उनले भारतलाई धन्यवाद दिए ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले लोडसेडिङ नभएको भन्दै यस्ता नचाहिँदा हल्लाको पछि नलाग्न आग्रह गरे ।

भारतले सोलार आवर (बिहान ६ बजेदेखि बेलुकी ६ बजे) मा मात्रै बिजुली दिइरहेको छ । सोही कारण औद्योगिक लोड कटौती भएको छ । भारतले बिजुली भाउ बढाएका कारण आयात हुन नसकेको हो । ऊर्जामन्त्री खडका्ले कुलमानलाई भारतबाट महँगोमा बिजुली आयात गर्न नदिएका हुन् । यहि विषयमा खड्काले कुलमानलाई स्पष्टीकरण समेत सोधेका छन् ।


Read Previous

कुलमानलाई हटाउन खोजेको भन्दै गगन थापा असन्तुष्ट

Read Next

सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्यो