Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत


म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा नेपाल विद्युत प्राधिकरणकाे वितरण प्रणालीमा ट्रान्सफर्मर जडान गरी विद्युत पहुँच पुर्याइएकाे हाे ।

मुस्ताङसमेत कार्यक्षेत्र भएको विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले वितरण ट्रान्सफर्मर जडान गरेपछि कोरला नाकामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे बताए ।

“छोसेर हुँदै नेपाल तर्फबाट कोरला नाकामा तीन वर्षअघि नै लाइन लगिए पनि नाका सञ्चालन नभएकाले माग भएको थिएन”, उनले भने, “गत कात्तिकदेखि सञ्चालनमा आएको कोरला नाकामा विद्युत्को आवश्यकता महसुस भएपछि २५ केभिए क्षमताको ट्रान्सफर्मर राखेर विद्युत् प्रयोग गर्न मिल्ने व्यवस्था मिलाएका छौँ ।”

ट्रान्सफर्मर जडान गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको नेचुङका सुरक्षाकर्मीले सहयोग गरेका प्रमुख काफ्लेले बताए । विद्युत पहुँच पुगेपछि नाकाको सुरक्षामा खटिने सुरक्षाकर्मीलगायत अन्य व्यवसायका लागि जाने व्यवसायीलाई समेत सहज भएको छ ।

प्रतिकुल मौसमका बावजुद संरचना तयार पारेर विद्युत् आपूर्ति हुने व्यवस्था मिलाइएको तातोपानी वितरण केन्द्रका इञ्जिनीयर उत्तम अधिकारीले बताए । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले विद्युत् पुगेपछि कोरला नाकामा नेपाल टेलिकमसँग समन्वय गरेर मोबाइल सेवा पनि विस्तारको पहल गरिएको उनले बताए ।

मुस्ताङ जिल्लामा प्राधिकरणको स्थानीय कार्यालय नभएकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा रहेको तातोपानी वितरण केन्द्रको मातहतमा रही निलगिरि उपभोक्ता सहकारी संस्था लिमिटेडले विद्युत् सेवा दिँदै आइरहेको छ ।


Read Previous

खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

Read Next

 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे

Leave a Reply

Your email address will not be published.