Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   


गण्डकी ।  लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन् । पानीको स्रोत भएको स्थान खुर्वादीबाट लिफ्टिङ गरेर बर माझथरको सिरान हुडिकोटसम्म पुर्याइएको पानीकाे स्राेत खडेरीका कारण सुख्दै गएकाकाले वैकल्पिक स्राेतकाे खाेजी गरिएकाे हाे ।

यहाँका ११३ घरधुरीले उपयोग गरिरहेकोमा खडेरीका कारण पानीको स्रोत कम हुन थालेको स्थानीय युवा एवम् पावनडाँडा छविसे सामुदायिक वन उपभोक्ता समूहका सदस्य परमेश्वर पौडेलले बताए ।

उनका अनुसार उक्त योजनाअन्तर्गत हाल रहेको पानीको स्रोत खडेरीका कारण सुक्दै गएपछि दैनिक खानेपानी आपूर्तिमा समस्या आएका कारण वैकल्पिक स्रोतको खोजी गरिएको हो ।

“वैकल्पिक स्रोत खोज्ने क्रममा खुर्वादीको हालको खानेपानीको मूल रहेको स्थानबाट नजिकै अर्को स्थानमा पानीको स्रोत फेला परेको छ”, उनले भने, “उक्त स्थानको पानी समेत मुल ट्याङ्कीमा जम्मा गरी स्रोत बढाउन लागेका हौँ ।”

स्थानीयवासीको जनश्रमदानमा वैकल्पिक पानीको स्रोत खोजिएको पौडेलले जानकारी दिए । लामो समयको खडेरीले ग्रामीण क्षेत्रका अधिकांश स्थानका परम्परागत पानीका मूल तथा कुवा सुक्दै गएको स्थानीयवासी बताउँछन् । ठाउँठाउँमा लागेको डढेलोका कारण कतिपय स्थानमा पानी ल्याइएका पाइप डढ्दा पनि समस्या बढ्दै गएको छ ।


Read Previous

बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित   

Read Next

कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

Leave a Reply

Your email address will not be published.