Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैलेखका ४ स्थानीय तहका ७ वटा गाउँमा विद्युतीय संरचना विस्तार गरी राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याएको छ । प्राधिकरणको दैलेख वितरण केन्द्रले वितरण लाइन निर्माण तथा ट्रान्सफर्मर जडान गरी यी गाउँमा विद्युतीकरण गरेको हो ।

चैत महिनामा जिल्लाको डुंगेश्वर गाउँपालिकाको ३ र ५ नम्बर वडामा २५ केभिए क्षमताका वितरण ट्रान्सफर्मर जडान गरी बागिना र आरुखर्क गाउँमा विद्युत पहुँच पुर्याएको वितरण केन्द्र प्रमुख नरेश रावलले बताए । उनका अनुसार गुराँश गाउँपालिका–५ को भित्रिखोला, नौमुले गाउँपालिका–८ को महाबै गाउँमा पनि २५ केभिएको वितरण ट्रान्सफर्मर जडान गरी पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याइएको छ ।

यस्तै, महाबु गाउँपालिका–४ को गिताचौर, ५ को गडीगाउँ र कासिकाध गाउँमा पनि २५ केभिए क्षमताका वितरण ट्रान्सफर्मर जडान गरी विद्युतीकरण विस्तार गरिएको छ । यी गाउँपालिकाकामा गाउँमा मध्यम र तल्लो भोल्टेज स्तरका वितरण लाइन निर्माण गरी ट्रान्सफर्मर जडान गरी सञ्चालन गरेर विद्युत सेवा सुचारु गरिएको रावलले बताए । ७ स्थानमा थपिएको ७ वटा ट्रान्सफर्मरबाट अहिले गाउँका ५ सय घरधुरी विद्युत सेवाबाट लाभान्वित भएका छन् ।

‘गाउँमा विद्युत पहुँच पुगेपछि स्थानीय उत्साहित भएका छन्,’ रावलले भने, ‘पहिलो पटक गाउँमा विद्युत पुग्दा धमाधम वायरिङ गर्ने ग्राहकको संख्या पनि बढिरहेको छ ।’ उनले विद्युत पहुँच पुगेपछि सुगम स्थानमा बसाईंसराई गर्ने तयारीमा रहेका गाउँबासीले अब गाउँमै बस्ने मनस्थिती बनाएको बुझिएको बताए ।

तत्काल दैलेखका ग्रामिण क्षेत्रमा विद्युत खपत बढ्ने सम्भावना नदेखिए पनि गाउँलाई विकासको मार्गमा ल्याउन विद्युत पहुँचले ठूलो योगदान पुर्याउने स्थानीय जलप्रतिनिधिको भनाई छ ।


Read Previous

काहुलेमा बन्याे साेलार लिफ्टिङ खानेपानी आयोजना,साढे २ सय बढी घरधुरी लाभान्वित

Read Next

प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित   

Leave a Reply

Your email address will not be published.