Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काहुलेमा बन्याे साेलार लिफ्टिङ खानेपानी आयोजना,साढे २ सय बढी घरधुरी लाभान्वित


गोरखा। गोरखाको सहिदलखन गाउँपालिका-५, स्थित काहुलेमा ४३ लाख ९४ हजारको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएकाे खानेपानी आयोजना  बल्ल सम्पन्न भएकाे हाे ।

काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पुर्याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताए ।

“आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्र्फबाट १८ लाख ९४ हजार खर्च भएको छ”, उनले भने, “त्यस्तैबाहेक साझेदार संस्था ‘रिन्युएबल वल्ड नेपाल’ नामक संस्थाले पनि आयोजना निर्माणका लागि २५ लाख रुपैयाँ खर्च गरेको छ ।”

उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका २ सय ६० जनाभन्दा बढी स्थानीय घरधुरी लाभान्वित भएका छन् । “घर आँगनमै धारा बनेपछि ग्रागी बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता हटेको छ, स्थानीयवासी शान्ति रानमगरले भने, “अब पानी लिन जानुपर्ने समयमा अन्य काम गर्न सहज भएको छ ।”


Read Previous

नेपाल पूर्वाधार विशेषांक २०८०

Read Next

दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

Leave a Reply

Your email address will not be published.