Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

रुख कटानकाे अनुमति नमिल्दा ३ वर्षमा ५ किलाेमिटर सडकको काम आधा मात्रै  


लुम्बिनी । निर्माण सुरु भएकाे ३ वर्ष बितिसक्दा पनि  बेल्बास–बेथरी–मर्चवार सडक खण्ड पूरा हुन सकेकाे छैन । कूल ५ किलाेमिटर लामाे याे सडक खण्ड अहिलेसम्म सम्पन्न हुन नसकेकाे हाे ।

प्रदेश सरकारको योजनाअन्तर्गत सुरु भएकाे याे सडकमा अहिलेसम्म २.५ किलाेमिटर सडक मात्रै निर्माण सम्पन्न भएकाे छ । सडक खण्डमा पर्ने वन क्षेत्रकाे रुख कटानकाे अनुमति अहिलेसम्म प्राप्त हुन नसक्दा ‘कनेक्टिभिटी’ सुधार गर्न र मर्चवारको विकासलाई प्रोत्साहन गर्ने महत्वाकांक्षी याे परियोजनाकाे निर्माण अलपत्र परेकाे हाे ।

२०७७ कात्तिक १६ गते लुम्बिनी–अर्घाखाँची बाबुल जेभी रुपन्देहीको नाममा टेन्डर स्वीकृत भइ निर्माण थालिएकाे थियाे । निर्माण कम्पनीले सडकका रूख हटाउनुअघि नेपाल सरकारबाट कानुनी निर्देशन पर्खन बाध्य भएकाले निर्माण सम्पन्न हुन नसकेको बताइएको छ ।

निर्माणाधीन सडकको अवस्थाले भैरहवासम्मको यात्रामा सामान्यतया २० मिनेटबाट एक घण्टा बढी समय लम्ब्याएको छ । यसले स्थानीयको दैनिक जीवनमा बाधा पुर्याउने मात्र नभई समग्र क्षेत्रको विकासमा अवरोध गरेको छ । निर्माणले समग्र क्षेत्रको विकासमा असर गर्दै असुविधा फैलाएको स्थानीय राकेश चौधरीको भनाइ छ । “निर्माणाधीन धुलाम्मे सडकबीचमा रहेका रुखले जोखिम बढाएको छ ,”उनले भने ।

सम्मरीमाई गाउँपालिका–७ का वडाध्यक्ष राधेश्याम कुर्मीले सडकभर छरिएर रहेका रुख नहटाइकन भइरहेको कमसल निर्माणका कारण उत्पन्न समस्याबारे चिन्ता व्यक्त गर्दै जोखिम बढेको टिप्पणी गर्नुहुन्छ । मर्चवार नहरको दुवैतर्फ सडक विस्तार गरी बेथरीमा जोड्ने सरकारी योजना छ । जिल्ला सदरमुकाम भैरहवा कनेक्टिभिटीका लागि यसअघिको साँघुरो सडकले मर्चवारलाई भैरहवा–लुम्बिनी सडकसँग वनगाइमा जोेडेको छ ।

निर्माणाधीन सडकको जग्गा नेपाल सरकारको स्वामित्वमा छ । रुख मर्चवार सामुदायिक वनका हुन भने प्रदेश सरकारको योजनाले जटिलता थपेको मर्चवार सामुदायिक वनका सचिव जगन्नाथप्रसाद कुर्मीको भनाइ छ । सडक पूर्वाधार विकास कार्यालय बुटवलका इन्जिनियर हितेन्द्र माझीले ५० प्रतिशत मात्र काम सम्पन्न भएको जनाउँदै सडकमा रहेका रुखको कटानी आदेश सम्बन्धित निकायबाट पाउन नसक्दा अवरोध पुगेको बताए ।

जिल्ला वन डिभिजन कार्यालयमा संयुक्त बैठक बस्दा मर्चवार सामुदायिक वनले आफ्नो वार्षिक कार्ययोजनामा समावेश गरी वार्षिकरुपले रुख कटान गर्न सकिने निष्कर्ष आएको इन्जिनियर माझीको भनाइ छ । इन्जिनीयर माझीका अनुसार डिभिजन वन कार्यालयमा भएको बैठकको निष्कर्षअनुसार एक वर्षमा अधिकतम २५ वटा मात्र रुख कटान गर्न सकिन्छ । सबै रुख हटाउन ५ वर्ष लाग्नसक्छ । सिँचाइको नाममा रहेको नहरको जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नहुञ्जेल रुख कटान सहज नहुने माझीको भनाइ छ ।

इन्जिनियर माझीका अनुसार लुम्बिनी प्रदेशको गौरवको योजनामा सूचीकृत गराउन मर्चवारका पालिका र योजना आयोगबीच छालफल गरी प्रक्रिया अघि बढाइएको र सूचीकृत भएपछि मात्र केही निकास निस्किने छ । मर्चवारको निर्माणाधीन फोरलेन सडकलाई लुम्बिनी प्रदेशको गौरवको योजनामा सूचीकृत गर्न र अवरोध हटाउन सबै सरोकारवालाबीच परामर्श भइरहेको लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँको भनाइ छ ।

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खाँले विकासका दृष्टिले विकट मानिने मर्चवार क्षेत्रको सार्थक विकासका लागि सडक निर्माणमा अवरोध गर्ने रुखलाई हटाई निर्माणलाई तीव्रता दिने प्रयासमा सबै सरोकारवाला लगिपरेको बताए ।


Read Previous

१२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन, खपत र व्यापार सम्भव छः विज्ञ

Read Next

धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी   

Leave a Reply

Your email address will not be published.