Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

गोरुसिङे-सन्धिखर्क सडक कालोपत्र हुने  


अर्घाखाँची । पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङे-सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङे-सन्धिखर्क सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्नेगरी काम अघि बढेको हो ।

गोरुसिङेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर रहेको छ । गोरुसिङेबाट पिरापानीसम्म झण्डै १५ किलाेमिटर सडक विस्तार तथा मर्मतको काम सम्पन्न भइसकेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले जानकारी दिए । उनका अनुसार बाँकी रहेको सडकमा पाँच निर्माण कम्पनीले काम गरिरहेका छन् ।

यस आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १८ किमी सडकमा नयाँ कालोपत्र गरिने भएको इन्जिनियर पाण्डेले बताए । सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड–खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको उनकाे भनाइ थियो । यस आवमा रू ३३ करोड लागतमा सडक निर्माण तथा मर्मत भइरहेको शिवपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।


Read Previous

मेलम्चीको पानी बुधबार काठमाडाैं आइपुग्ने, माघदेखि वितरण गरिने

Read Next

राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर बेसिन’काे काम सुरु   

Leave a Reply

Your email address will not be published.