Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर बेसिन’काे काम सुरु   


म्याग्दी । नेपाल विद्युत प्राधिकरणकाे सहायक रघुगङ्गा हाइड्रोपावर लिमिटेडमार्फत म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर बेसिन’  (बालुवा थिग्राउने पोखरी) काे काम सुरु भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा निर्माणाधीन आयोजना ११९.७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर बनाउन थालिएको हो ।

झिँतर्फको भूगोलमा निर्माण भएको ११२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो ‘अण्डर सुलुस’बाट खोला डाइभर्सन गरेर दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन थालिएको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिए ।

“अण्डर सुलुइस र स्पिल वे निर्माण सकेर डिसेन्डर बनाउन सुरु भएको छ”, उनले भने, “३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण अन्तिम चरणमा पुगेको छ ।” राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ ।

२०७४ मंसिरमा ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियटले हालसम्म ६५ प्रतिशत काम गरेको कम्पनीका  प्रबन्धक  गणेश केसीले बताए । आयोजनाको ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

सुरुङ ९० प्रतिशत र विद्युत्गृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । ६.२ किलोमिटर सुरुङमध्ये ५.६ किलाेमिटर  सुरुङ निर्माण सकिएको छ । सुरुङबाट आउने पानी रघुगङ्गा–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधिन विद्युत्गृहमा खसाल्ने १९६   मिटर ठाडो सुरुङमा ‘फिनिसिङ’ काे काम अन्तिम चरणमा पुगेको छ ।

पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’काे निर्माण सकिएको छ । विद्युत्गृह निर्माणस्थलबाट ‘भर्टिकल प्रेसर साफ्ट’सँग जोड्ने ३२९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको ५४१ मिटरमध्ये  ४५० मिटर सुरुङ निर्माण सकिएको छ ।

विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युत्गृहका उपकरण जडान गर्न थालेको छ ।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।


Read Previous

गोरुसिङे-सन्धिखर्क सडक कालोपत्र हुने  

Read Next

विद्युत प्राधिकरणकाे साधारण सेयर निष्कासनकाे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

Leave a Reply

Your email address will not be published.