Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

स्थानीयद्वारा सुपरमाई जलविद्युत केन्द्रकाे उत्पादन बन्द,दैनिक ५ लाख आम्दानी गुम्दै


इलाम। इलामका स्थानीयले ७.८ मेगावाटकाे सुपर माई जलविद्युत केन्द्रकाे विद्युत उत्पादन बन्द गरिदिएका छन् । स्थानीयले जलिवद्युत केन्द्रले खाेलामा छाेड्नु पर्ने जति पानी नछाेडेकाे तथा आफ्ना माग पूरा नगरेकाे भन्दै साेमबार साँझदेखि विद्युत उत्पादन बन्द गरिदिएका हुन् ।

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माई खोलामा निर्माण भइ सञ्चालनमा रहेकाे जलविद्युत केन्द्रकाे विद्युत उत्पादन बन्द गरी खाेलाकाे पानी खाेलामा छाेडेकाे स्थानीय हरि भण्डारीले बताए । उनका अनुसार स्थानीयवासीले सोमबार रातिदेखि नै जलविद्युत केन्द्र परिसरमा जाग्राममा बसेर उत्पादन बन्द गराएका छन् ।

सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ । उत्पादन बन्द भएपछि प्रवर्द्धक कम्पनीले विद्युत बिक्रीबाट हुने दैनिक  ५ लाख  रुपैयाँ आम्दानी गुमाइरहेकाे छ ।

जलविद्युत केन्द्रकाे प्रवर्द्धकले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि काम नगरेकाे स्थानीयकाे गुनासाे छ ।

“तल्लाे तटका लागि २० प्रतिशत पानी छाेड्नु पर्ने भएपनि त्याे छाेडिएकाे थिएन । त्यही कारण हामीले विद्युतगृहमा जाने पानी राेकेर खाेलामा छाेडेका हाैं । फेरि सडक मर्मतकाे काममा सहयाेग नगरेपछि उत्पादन नै बन्द गरेर दबाब दिने अवस्थामा हामी पुगेका हाैं,” भण्डारीले भने ।

सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो । माईजोगमाई गाउँपालिका–५ वडा कार्यालयको सिफारिससहित जाँदासमेत स्काभेटर उपलब्ध नगराएपछि उत्पादन बन्द गराउनु परेको बताइएको छ ।

माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ । जलविद्युत प्रवर्द्धकले माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको दाबी छ ।

प्रवर्द्धक सुपर माई हाइड्राे पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताए ।  पुराना माग पूरा हुनासाथ स्थानीयवासीले पटक-पटक नयाँ माग लिएर आउने गरेकाे उनले बताए ।

पछिल्लो समय पब्लिक कम्पनी बनेपछि ५० हजार बढी लगानीकर्ता रहेको कम्पनीले एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको कम्पनीले जनाएकाे छ ।


Read Previous

जाजरकाेट भूकम्पपीडितका ११ हजार घर निर्माण   

Read Next

‘ठूला जलविद्युत आयोजना निर्माण सरकारकाे प्राथमिकतामा’

Leave a Reply

Your email address will not be published.