Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा  


तनहुँ । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कन  सडक खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्मकाे ६ किलाेमिटर सडक खण्ड कालोपत्रको तयारी गरिएकोे हो ।

यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो । पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ ।

उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । एक साताभित्र थप ३ किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले राससलाई जानकारी दिए । आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ ।

पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी बैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए ।


Read Previous

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

Read Next

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन  

Leave a Reply

Your email address will not be published.