Nepal Purbadhar

आयल निगमको निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी नागेन्द्र साहलाई


काठमाडाैं । सरकारले नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिएकाे छ । उमेशप्रसाद थानीले पदबाट राजिनामा दिएपछि निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी ताेकिएकाे हाे ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले गत आइतबार साहलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेकाे हाे । साह निगमका नायव कार्यकारी निर्देशक हुन् । उनलाई नयाँ कार्यकारी निर्देशककाे नियुक्ति नहुन्जेलसम्मका लागि जिम्मेवारी ताेकिएकाे मन्त्रालयले जनाएकाे छ ।

निगमका कार्यकारी निर्देशक थानीले गत २६ मंसिरमा १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए । थानीको राजीनामापछि रिक्त रहेको पदमा तत्कालका लागि साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । चार्टड एकाएन्टेन्ट (सिए) समेत रहेका साह १५ वर्षदेखि  निगममा कार्यरत छन् ।


Read Previous

काभ्रेलाई प्रदेश राजधानी जोड्ने सडककाे निर्माण सुरु   

Read Next

साँदनी खोलाको पुलले परशुरामका स्थानीयकाे जनजीवन सहज