Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

काभ्रेलाई प्रदेश राजधानी जोड्ने सडककाे निर्माण सुरु   


काभ्रे । काभ्रेबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरु भएको छ । रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी-सुँगुरे-बूढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा ९४ करोड ६९ लाख रुपैयाँ सुनिश्चित गरेको थियो । चालू आवमा  ७ करोड रुपैयाँ विनियोजन गरी निर्माण सुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त कार्यालयमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको छ । सडक खस्नबाट रोक्न पर्खाल लगाउने, स्ल्याब, कलभर्ट निर्माण तथा ह्युमपाइप बिछ्याउनेलगायत संरचना निर्माण हुनेगरी ५१ करोड ४४ लाख रुपैयाँ लागतमा निर्माण व्यवसायी सिद्ध बाबा–ग्रिन ताराले ठेक्का सम्झौता गरेको छ ।

आयोजनाको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा र प्रदेशसभा सदस्य रत्न ढकालले संयुक्तरूपमा एक कार्यक्रमबीच काभ्रेकाे रोशीस्थित कटुञ्जेमा सोमबार शिलान्यास गरे । बागमती प्रदेश सरकारले छ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सूचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्र गर्दै जाने बताएको छ ।


Read Previous

३ दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती  

Read Next

आयल निगमको निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी नागेन्द्र साहलाई

Leave a Reply

Your email address will not be published.