Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

स्थानीय क्षेत्रकाे विद्युतीकरणका लागि तनहुँ आयोजनाले बनायाे २ सबस्टेसन


तनहुँ । : जिल्लाकाे ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटकाे  तनहुँ जलाशय जलविद्युत आयोजनाले ३३/११ केभी क्षमताका २ वटा सबस्टेसन निर्माण गरेकाे छ । आयोजनाले स्थानीय क्षेत्रकाे विद्युतीकरण विस्तारमा सहयाेग पुर्याउन घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको हाे ।

सबस्टेसनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार स्थानीय क्षेत्रकाे विद्युत् आपूर्तिमा सहज बनाउन यी सबस्टेसन निर्माण गरिएको हो ।

तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका हुन् । सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेसन निर्माण गरेको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको हो । प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड भारतसँग २०७५ पुस १० गते भएको खरिद सम्झौता २०७५ फागुनमा कार्यान्वयनमा आएको थियो । ३४.७ किलाेमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएका छन् ।

उक्त प्याकेजको समग्र निर्माणमा ६९ प्रतिशत प्रगति रहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।


Read Previous

४ सय बढी कर्मचारीको स्थायी पदपूर्ति गर्दै विद्युत प्राधिकरण,१० देखि ३ तहसम्मका लागि आवेदन माग

Read Next

महसुल नतिर्ने ग्राहकको पानीकाे धाराको लाइन काटियो     

Leave a Reply

Your email address will not be published.