Nepal Purbadhar

तिनाउ नदीको बाढीले ६ घर बगायो, तटीय बस्ती जोखिममा


बुटवल । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका-११ स्थित टप मझुवा क्षेत्रमा ६ ओटा घर बगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शनिबार राति आएको बाढीले दुई ओटा पक्की र चार ओटा कच्ची घर बगाएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रमा ६ ओटा घर बगाएको जानकारी दिए।

लगातारको वर्षाका कारण तिनाउ नदीसँगै आसपासका खोलामा समेत जलस्तर बढेपछि बुटवलको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको थियो।

बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। नदीको बहाव बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाइएको छ।

तस्बिर : प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी


Read Previous

नारायणी नदीको बहावले पार गर्‍यो खतराको तह, उच्च सतर्कता अपनाउन आग्रह

Read Next

कालीगण्डकीको बाढीले पर्वतको जलजलामा ठूलो क्षति, मिर्मी-हर्मिचौर जोड्ने पुल पनि बगायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar