Nepal Purbadhar

कालीगण्डकीको बाढीले पर्वतको जलजलामा ठूलो क्षति, मिर्मी-हर्मिचौर जोड्ने पुल पनि बगायो

फाइल तस्बीर।


काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीले फर्सेमा करिब दुई दर्जन घर बगाएको छ। नदीको बहाव अझै बढिरहेकाले क्षतिको यकिन विवरण आउन सकेको छैन।

बाढी प्रभावित बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। घटनापछि प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ।

मिर्मी-हर्मिचौर जोड्ने पुल पनि बगायो

कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल पनि बगाएको छ।

मिर्मी ड्याम साइटभन्दा तल रहेको बेलिब्रिज प्रकारको पुल कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि आइतबार बिहान करिब ६ बजेतिर बगेको हो।

पुल बगेपछि मिर्मी-हर्मिचौरबीचको आवतजावत प्रभावित भएको छ। उक्त पुलबाट चारपांग्रे सवारीसाधनसमेत आवतजावत गर्दै आएका थिए।

कालीगण्डकी नदीमा बाढीको बहाव बढिरहेकाले आसपासका क्षेत्रमा समेत जोखिम बढेको छ।


Read Previous

तिनाउ नदीको बाढीले ६ घर बगायो, तटीय बस्ती जोखिममा

Read Next

नारायणीमा जलसतह खतराको तहभन्दा माथी, बस्तीमा पस्न थाल्यो बाढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar