Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

४ सय बढी कर्मचारीको स्थायी पदपूर्ति गर्दै विद्युत प्राधिकरण,१० देखि ३ तहसम्मका लागि आवेदन माग


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका कार्यालयमा रिक्त स्थानको स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको छ । प्राधिकरणले शुक्रबार सूचना सार्वजनिक गरी खुल्ला प्रतिस्पर्धाबाट रिक्त स्थानको स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको हो ।

प्राधिकरणले लोकसेवा आयोगले लिने खुल्ला प्रतियोगात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्न सूचनामार्फत १० देखि ३ तहसम्मका आवेदन खुलाएको हो । प्राधिकरणका अनुसार योग्यता पुगेका व्यक्तिले खुल्ला परीक्षामा सहभागी हुन अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

१० तहमा प्रशासन सेवाको लेखा समूहका लागि सहनिर्देशक पदमा एक जना मागिएको छ । १० तहकै लागि प्राविधिक सेवातर्फ १ जना मागिएको छ ।

यस्तै, ९ तहमा उपप्रबन्धक पदका लागि प्राविधिक सेवातर्फ इलेक्ट्रिकल र सिभिल इन्जिनियरिङमा कार्यनुभव भएका गरी ३ जनाको पदपूर्ति गर्न आवेदन मागिएको छ । ८ तहको प्राविधिक सेवातर्फ ६ जना कर्मचारीको पदप्रर्ति गर्न आवेदन मागिएको छ ।

यसैगरी, ७ तहमा प्रशासन सेवातर्फ ९ जना प्रशासकिय अधिकृत मागिएको छ । ७ तहमै प्रशासन सेवाको लेखा अधिकृत पदका लागि ७ जनाको पदपूर्ति गर्न आवेदन खुलाइएको छ ।

प्रशासन सेवाको कानुन अधिकृत १ जना नियुक्त गर्न आवेदन मागिएको प्राधिकरणको सूचनामा जनाइएको छ । ७ तहमा इन्जिनियरिङ सेवातर्फ इलेक्ट्रिकल, सिभिल र मेकानिकल गरी ३६ जना मागिएको छ । ७ तहमै एक जना सर्भेयर र एक जना कम्प्युटर इन्जिनियर पनि मागिएको छ ।

यस्तै, ५ तहका लागि ७ वटै प्रदेशका कार्यालयहरूमा मिटर रिडिङ सुपरभाइजरको पदपूर्ति गर्न आवेदन खुलाइएको प्राधिकरणले जनाएको छ । ५ तहमै सबै प्रदेशमा लेखापाल, सुपरभाइजरको पदपूर्तिका लागि आवेदन खुलाइएको छ ।

४ तहका लागि सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेनको पदपूर्ति गर्न आवेदन खुलाइएको छ । ३ तहका लागि इलेक्ट्रिसियन र जुनियर मिस्त्रीको पदपूर्ति गरिने भएको छ ।

लोकसेवा आयोगले लिने खुल्ला परीक्षा उतिर्ण हुनेहरूको अन्तवार्ता गरी छनोट हुने कर्मचारीबाट पदपूर्ति गरिने सूचनामा भनिएको छ ।

यस्तै, प्राधिकरणले जेष्ठता तथा कार्यसम्पादन मुल्याङ्कन र कार्यक्षमता मुल्याङ्कनबाट हुने बढुवाका लागि पनि कर्मचारीसँग आवेदन मागेको छ । प्राधिकरणले विभिन्न सेवामा २ देखि १२औं तहसम्मको बढुवाका लागि योग्य कर्मचारीबाट आवेदन मागेको हो ।


Read Previous

पूर्वाधार परियोजनामा सुशासन र समावेशीता प्रतिवद्धता छ, कार्यान्वयन छैन्

Read Next

स्थानीय क्षेत्रकाे विद्युतीकरणका लागि तनहुँ आयोजनाले बनायाे २ सबस्टेसन

Leave a Reply

Your email address will not be published.