Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड

पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग


लमजुङ। लमजुङकाे मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । केही वर्षअघि ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्ले आयोजना गरेको यो सुरुङ मार्गमा यतिबेला पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

यस मार्गले पर्यटकलाई आकर्षित गरेको बताउँदै दैनिक २ हजारदेखि २ हजार ३ सयसम्म पर्यटक दैनिक यहाँ अवलोकन तथा घुम्न आउने गरेका गाउँपालिका अध्यक्ष अर्जुन गुुरुङले जानकारी दिए । उनका अनुसार उत्तरी लमजुङका ग्रामीण भाग र मनाङ जाने सवारी सोही बाटो भएर आवतजावत गर्दछन् ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकसमेत यहाँ आउने गरेका अध्यक्ष गुरुङले बताए । यहाँ आउने पर्यटकले सुरुङ मार्गमा फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने गर्ने गरेका स्थानीय बताउँछन् ।

तीन सय ४० मिटर लम्बाइ रहेको उक्त सुरुङभित्र यात्रा गर्दा छुट्टै रमाइलो हुने गरेको पर्यटक बताउँछन् । ‘आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा आनन्द लाग्दो रहेछ’, तनहुँबाट सुरुङमार्ग हेर्न आएकी सम्झाना घिमिरेले भने ।

विशेष गरी बिदाको दिन विद्यार्थी, कर्मचारी तथा अन्य सर्वसाधारणको भीड हुने गरेको अध्यक्ष गुरुङले बताए । यस सुरुङ मार्ग नजिकै रहेको हामखोला झरनामा समेत पर्यटक आउने गरेका छन् । सुरुङमार्ग र जलविद्युत् आयोजनासमेत भएपछि भुलभुले आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य हुने स्थानीयवासीले अपेक्षा गरेका छन् ।


Read Previous

पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने

Read Next

कालीगण्डकी काेरिडोरकाे विकल्पमा उपयाेग हुने कुस्मा-तल्लोमोदी-नयाँमोदी प्रसारण लाइन निर्माण हुँदै

Leave a Reply

Your email address will not be published.