Nepal Purbadhar

प्रदेश स्तरमा लगानी वातावरण सुधार्न सरकार प्रतिबद्ध


काठमाडौं । नेपाल सरकारले सबै प्रदेशमा प्रादेशिक लगानी जलवायु सुधार योजना विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । लगानी प्रोत्साहन गर्ने कार्य कोशी, मधेश, गन्डकी र लुम्बिनी प्रदेशहरु शुरु गरिनेछ । यी योजनाहरुले माथि उल्लिखत चार प्रदेशमा लगानी मैत्री वातावरण सृजना गर्न र प्रादेशिक तथा स्थानीय क्षेत्रमा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गर्न सघाउन प्रादेशिक लगानी जलवायु मूल्यांकन (पिका)मा आधारित रहेर महत्वपूर्ण सुधार क्षेत्रको पहिचान गर्नेछ ।

यो नयाँ पहलकदमी आर्थिक वर्षभित्र विस्तारै बाँकी तीन प्रदेशमा पनि विस्तार गरिनेछ । यी घोषणाहरु प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले पिकाबारे आयोजना गरेको गोष्ठीमा गरिएको थियो । सो गोष्ठीको आयोजनामा विश्व बैंक, स्वीस विकास तथा सहकार्य नियोग (एसडीसी) र अन्तरराष्ट्रिय वित्त निगमको सहयोगमा अक्टोबर ९ मा आयोजना भएको थियो । पिकाले आफूहरुलाई प्रादेशिक स्तरमा छरिएर रहेको लगानी वातावरणसम्बन्धी डेटा प्राप्तिमा सघाउने र स्थानीय तहमा सुसूचित नीति बनाउन आवश्यक डेटा दिने नेपाल सरकारका मुख्य सचिव बैकुन्ठ अर्यालले बताए ।

यसले नेपालको व्यवसायिक वातावरणमा सम्भावित रुपान्तरण गर्न केही नीतिगत विकल्पहरु सुझाउने उनको भनाइ थियो । आफूहरुले ढाँचालाई आत्मसाथ गरेर प्रभावकारी नीतिगत संयोजन सुनिश्चित गर्न, नीतिहरुलाई सरल बनाएर एकअर्कासँग तालमेल मिल्ने खालको बनाउन अनि नेपालको व्यवसायिक वातावरण सुधार्न राज्यका सबै सरोकारवालाहरुलाई सुधार एजेन्डाको प्राथमिकता बुझाउन जरुरी भएको पनि उनले बताएका छन् ।


Read Previous

हट्यो एकान्तकुना यातायात ब्यवस्था कार्यालयको भीड, आजदेखि अनलाइन सेवा शुरु

Read Next

काठमाडौँ महानगरपालिका र होटल सङ्घले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने