Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

हट्यो एकान्तकुना यातायात ब्यवस्था कार्यालयको भीड, आजदेखि अनलाइन सेवा शुरु


काठमाडौं । सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुभारम्भ गरेको छ । अनलाईन सेवा सुरु भएपछि सर्वाधिक भीड हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भीड हटेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले विहीबार एकान्तकुना यातायात ब्यवस्था कार्यालयमा अनलाइन सेवा शुरु गर्नु भएको हो ।

दैनिक हजारौ सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए । ‘आजदेखि त्यो लाइन पूर्णरुपमा हट्नेछ’, मन्त्री ज्वालाले भन्नुभयो ‘दैनिक हजारौ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।’ नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । तर विहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नविकरण र बर्ग थप अनलाइनबाटै हुने भएको छ । ‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात ब्यवस्था कार्यालयमा जानुुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भन्नुभयो ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात ब्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।’

सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात ब्यवस्था कार्यालय जानुपर्नेछ । अन्य सवै कामहरु घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले मन्त्रीको सपथ लिएलगतै यातायात कार्यालयहरुमा लाग्ने भीड हटाउने प्रतिबद्धता गर्नुभएको थियो ।

प्रतिबद्धताअनुसार २० असारदेखि कास्की यातायात ब्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो । कास्कीमा सफल भएपछि सर्वाधिक भीड हुने एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको छ । ‘अबको केही दिनभित्र मधेश र लुम्बिनी प्रदेशका यातायात ब्यवस्था कार्यालय मार्फत पनि अनलाइन सेवा सुचारु गर्छाै’, मन्त्री ज्वालाले भन्नुभयो । यातायात ब्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाहरुको अन्त्य गर्न देशका सवै यातायात ब्यवस्था कार्यालयहरु अनलाइन सिस्टममा लिन लागिएको छ ।


Read Previous

वैकल्पिक सिँचाइ व्यवस्थाले महाेत्तरीका किसानलाई राहत   

Read Next

प्रदेश स्तरमा लगानी वातावरण सुधार्न सरकार प्रतिबद्ध

Leave a Reply

Your email address will not be published.