Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

मेलम्चीकाे नयाँ ‘हेडवर्क्स’ एक किलामिटर सार्नुपर्ने


काठमाडौं । तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क्स’ मा तीन वर्ष पहिले बाढीले क्षति पुर्‍याएको थियो । क्षतिपछि बहुपक्षीय दातृ निकाय एशियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययन प्रतिवेदनका आधारमा त्यसलाई स्थानान्तरण गर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ । बैंकले अध्ययन गरेसकेको भए पनि अध्ययन पश्चात् सिफारिस आउन बाँकी रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अध्ययन प्रतिवेदनले हेडवर्क्स स्थानान्तरण गर्नुपर्ने भनेपछि सोही आधारमा स्थानान्तरण गरिने उनको भनाई छ ।

नयाँ हेडवर्क्स निर्माण गर्दा पहिलाकोसँगै थप संरचना पनि आवश्यक पर्ने पन्तको भनाइ थियो । नयाँ हेडवर्क्सबाट मुख्य सुरुङसम्म आउने गरी एउटा सुरुङ बनाउनु पर्ने देखिएको बताउँदै उहाँले अध्ययनको सुझावका आधारमा निर्णय हुन बाँकी रहेको जानकारी दिए । आयोजना स्थलमा कुनै पनि संरचनाको पुनःनिर्माणका लागि सबैभन्दा पहिले पहुँच मार्ग (सडक) आवश्यक रहेको भन्दै सूचना अधिकारी पन्तले तीन वर्ष पहिले आएको बाढीले मेलम्चीबाट आयोजना स्थलसम्मको सडक बगाएको बताउनुभयो । स्थानीय पालिका र आयोजनाको समन्वयमा अस्थायी रुपमा आवतजावतका लागि सडक खुलाइए पनि यस वर्षको बाढीले उक्त सडक पनि बगाएको उनले जानकारी दिए ।

आयोजनामा सबैभन्दा पहिले प्रवेशमार्ग बनाउनुपर्ने बताउँदै यससम्बन्धी निर्णय आएपछि मात्रै काम हुने पन्तको भनाइ थियो । उनका अनुसार यसअघि निर्माण भएको हेडवर्क्स भन्दा झण्डै एक किलोमिटर भित्र बनाउनुपर्ने छ । मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा ल्याउने गरी सुरु गरिएको आयोजना दुई दशक नाघेपनि सम्पन्न भइसकेको छैन । आयोजनाले अम्बाथानबाट सुन्दरीजलसम्मको मुख्य सुरुङ, पानी डाइभर्ट गर्न  हेडवर्क्स र सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । ती संरचनामध्ये हालसम्म सुरुङ र प्रशोधन केन्द्र पूर्ण रुपमा सम्पन्न भएर तीन वर्ष पहिलेदेखि पानी वितरणका लागि सञ्चालनमा छन् । हेडवर्क्स भने सम्पन्न नहुँदै बाढीका कारण क्षतिग्रस्त भएको आयोजना कार्यालयले जनाएको छ । हेडवर्क्स प्रयोग गर्न नमिलेपछि यसअघि आयोजनाले अस्थायी बाँधमार्फत पानी ल्याउने गरेको थियो ।


Read Previous

दुई अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाडौँ महानगर

Read Next

भत्किएका सडकले होटेल व्यवसायमा समस्या

Leave a Reply

Your email address will not be published.