Nepal Purbadhar

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित


झापा । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् ।पुल बनपछि बर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यताबाट मुक्त हुन पाएकामा उनीहरू हर्षित भएका हुन् ।

वडा नम्बर १४ स्थित पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा वडा कार्यालय पुग्न वडा नंं. १०को धुलाबारी हुँदै घुमेर जानुपर्ने बाध्यता थियो । पुल बनेपछि यहाँका बासिन्दा सो समस्याबाट मुक्त भएको वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल राजवंशीले बताए । उनका अनुसार दस मिनेट लाग्ने पाँच सय मिटरको दूरीमा रहेको विद्यालय र वडा कार्यालय पुग्न पत्रासिंहबासीले वर्षायाममा एक घण्टा हिँड्नु पथ्र्यो ।

सङ्घीय सरकारको रु। एक करोड ३० लाखको लागतमा १३० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले आज उक्त पुल उद्घाटन गरे । वि.संं. २०७९ माघमा स्थानीय दुर्गा धमलाको अध्यक्षतामा उपभोक्ता समिति बनाएर पुल निर्माण सुरु गरिएको थियो । समितिले निर्धारित मितिभन्दा दुई महिना अगावै पुल निर्माण गरेको वडाध्यक्ष राजंवशीको भनाइ थियो ।


Read Previous

बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ

Read Next

पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण

Leave a Reply

Your email address will not be published.