Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन मन्त्रालयले गठन गर्याे–यातायात सहजीकरण कार्यदल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षिय यातायात सहजीकरण कार्यदल गठन गरेका छन् । शुक्रवार सरोकारवाला सवै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा यातायात सहजीकरण कार्यदल गठन गरेका हुन् ।

‘यातायात क्षेत्र चुस्त नहुँदा दशै, तिहार र छठ जस्ता पर्वहरुमा लाखौ यात्रृहरुले सास्ती पाउँदै आएका छन् , यो वर्ष त्यसलाई ब्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौ’ मन्त्री ज्वालाले भने ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनकाे काम थाल्छौ ।’ यात्रु ठगिने, बिच बाटोमा अलपत्र पार्ने जस्ता सास्ती  व्यहोर्नु नपरोस भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गरेका हुन् ।

मन्त्री ज्वालाले सिंहदरवारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाई, बाग्मति प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात ब्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनकाका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो ।

दशै, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट वर्षेनी १० लाख यात्रु बाहिरिने भित्रिने गरेका छन् । बाहिरिने यात्रुहरुलाई सुरक्षित पुर्याउन मन्त्री ज्वालाले पहल थालेका हुन् । मन्त्री ज्वालाको प्रस्तावमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रतिबद्धता पनि जनाएको छ । ‘चाहे ताप्लेजुङ होस्, चाहे जुम्ला होस्, गाडीको अभावमा टिका लगाउनबाट कसैलाई पनि बन्चित हुन दिदैनौ’  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटाैलाले भने ।

मन्त्री ज्वालाले दशैको बुकिङ खुल्नुभन्दा अगाडी सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिए । ‘वर्षातका कारण सडकहरु बिग्रेका छन्, ति सडकहरु तत्काल सुधार गर्नुहोस्’ मन्त्री ज्वालाले भने ।

लगतै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता जनाए भने ट्राफिक महाशाखाले व्यवस्थापनका लागि आफुहरुले कुनै कसरत बाँकि नराख्ने बताएको छ ।

उपभोक्ता संरक्षण मन्त्रका प्रतिनिधिहरुले सडक छेउका होटलहरुले यात्रुहरुलाई दुषित खाना खुवाउने र त्यसको चर्काे मुल्य असुल गर्ने गरेको भन्दै त्यसको निरक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरेका छन् । मन्त्री ज्वालाले पनि राज्यका अन्य निकाय र मन्त्रालयहरुसँग सहकार्य गरी निरक्षण गर्ने बताए ।


Read Previous

एशियाकै ठूलो सुकुम्बासी बस्तीको पुनःविकास गर्न अदानी समूहले खोल्यो ज्वाइन्ट भेञ्चर कम्पनी

Read Next

प्रधानमन्त्रीको चीन भ्रमणमा भौतिकका पाँचमध्ये २ प्रस्तावमा मात्र समझदारी हुने, कस्ता छन समझदारी हुन लागेका आयोजना ?

Leave a Reply

Your email address will not be published.