Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

एशियाकै ठूलो सुकुम्बासी बस्तीको पुनःविकास गर्न अदानी समूहले खोल्यो ज्वाइन्ट भेञ्चर कम्पनी


मुम्बई । भारतीय अर्बपति व्यापारी गौतम अदानीको पोपर्टी डेभलपर कम्पनीले मुम्बईको सुकुम्बासी बस्तीको पुनःनिर्माणका लागि ज्वाइन्ट भेञ्चर कम्पनी खोलेको छ । एशियाको सबैभन्दा ठूलो भनिएको सो बस्तीको पुनःनिर्माणको योजना कानूनी विवादमा फसेको छ । अदानी गु्रपले धारावी पुनः विकास परियोजना कम्प्नी प्रा. लि. खोलेको छ ।

यसबारे समूहल थप विवरण भने दिएको छैन । १० लाख हाराहारीमा मानिसहरु बस्ने धारावीको पुनःविकास योजना विविध कारणहरुले गर्दा दशकौंदेखि अलपत्र छ । ज्वाइन्ट भेञ्चर कम्पनी खडा गर्नुलाई परियोजना अगाडि बढाउन महत्पूर्ण चरणको रुपमा हेरिएको छ । सो परियोजनामा अदानीले दुबईस्थित सेकलिंक टेक्लोजिज कर्पोरेशनबाट कानूनी चुनौतीको सामना गरिरहेका छन् । सन् २०१८ को बोलकबोल प्रक्रियालाई अनुभित रुपमा रद्द गरेर अदानीलाई जिताउने गरी बोलकबोल शुरु गरिएको भन्दै सेकलिंकले महाराष्ट्र राज्यमाथि मुद्दा हालेको छ ।

कम्पनीमा सीईओको नियुक्तिपछि अदानी समूहले धारावीको विकासको गुरुयोजना पेश गर्नेछ । यसमा पूर्वाधार, पुनर्बास र सार्वजनिक सुविधाहरुको विस्तृत विवरणहरु हुनेछ । जुलाईमा धारावीको झुपडबस्ती ६१ करोड डलरमा बनाउन अदानी समूहले पेश गरेको बोलकबोललाई छानिएको थियो । अदानी समूह आफैं हाई–प्रोफाइल स्क्यान्डलमा फसेको बेलामा समूहले समयमै सुकुम्बासी बस्ती पुनःनिर्माण गरेर भ्याउला भन्ने प्रश्न पनि यतिखेर उब्जिएको छ । एजेन्सी


Read Previous

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै होः मन्त्री शर्मा

Read Next

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन मन्त्रालयले गठन गर्याे–यातायात सहजीकरण कार्यदल

Leave a Reply

Your email address will not be published.