Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

गाउँघर क्लिनिकमा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार थालिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मधुमेह र उच्च रक्तचापको परीक्षण र उपचार गर्ने आयोजनाअनुसार बुधबारदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण र उपचार अभियान थालिएको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिए ।

उनका अनुसार नरसर्ने रोगअन्तर्गतका मधुमेह र उच्च रक्तचापका कारण नागरिकको अकालमा ज्यान जाने भएकोले गाउँपालिकाले उक्त रोगको निःशुल्क परीक्षण र उपचार गर्न लागिएको हो । गाउँपालिकाले यसअघि नसर्ने रोगको अवस्था पत्ता लगाउन विभिन्न वडामा १८ दिने शिविर सञ्चालन गरेको थियो । उपाध्यक्ष थोकरले शिविरबाट गाउँपालिकाका ३१ प्रतिशत नागरिकमा मुख्यतः उच्च रक्तचाप र मधुमेहका रोगी फेला परेको बताए । “त्यसपछि दुवै रोगको निःशुल्क परीक्षण र उपचार प्रारम्भ गरेका हौँ”, उनले भने ।

यस्तै गाउँपालिकाले २८ स्थानमा क्लिनिक सञ्चालन गरेकोमा स्थानीयको मागका आधारमा अभियानसँगै अन्य दुई स्थानमा क्लिनिक थप गरिएको जनाएको छ । स्वस्थ्य शाखा प्रमुख शिवहरी पाठकका अनुसार गाउँपालिकामा प्रत्येक महिनामा गाउँघर क्लिनिक सञ्चालन हुँदा अब निःशुल्क रुपमा रक्तचाप र मधुमेह परीक्षण हुनेछ । बुधबार वडा नं ५ को गाउँघर क्लिनिकमा ६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अभियानबाट स्थानीयको स्वास्थ्य क्षेत्रमा उपलब्ध हुने अपेक्षा गरिएको बताइयो ।

यसैबीच नमोबुद्ध नगरले पनि उच्च रक्तचाप हुनेको पहिचान, परीक्षण, जोखिम न्युनीकरण नियन्त्रण गर्ने उद्धेश्य ‘वागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’अन्तर्गत अभियान थालेको छ । यसअघि नगरले १८ वर्ष माथिका स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरी नसर्ने रोगको समस्या देखिएपछि उच्च रक्तचाप, मधुमेह (सुगर), अल्कालीन, प्रोटीन परिक्षण निःशुल्क र एक बर्षसम्म निःशुल्क औषधीको व्यवस्था मिलाएको थियो ।

नगर स्वास्थ्य शाखाका अनुसार उक्त परीक्षणमा ४ हजार ६ सय ६१ को परीक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुपोतमराज सेढाईका अनुसार, पहिचान, निदान, उपचार र नियन्त्रणको लागि अभियानअन्तर्गत १३ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै न्युनतम उपकरणसमेत प्रदान गरिनेछ ।


Read Previous

मनै लोभ्याउने फुङफुङ्गे झरना

Read Next

आठ वर्षदेखि सडक निर्माण अलपत्र

Leave a Reply

Your email address will not be published.