Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

तमोर मेवाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार आयोगको सार्वजनिक सुनुवाई


काठमाडौं । ताप्लेजुङमा निर्माण हुन लागेको १२८ मेगावाटको तमोर मेवा जलविद्युत आयोजनाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार (भदाै २९ गते) सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत खरिद दर स्वीकृत गर्न सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी प्रवर्द्धक रहेको आयोजनाको शुक्रबार दिउँदो १२ देखि २ बजेसम्म सम्बन्धित सरोकारवालाको उपस्थितीमा सार्वजनिक सुनुवाई गरिने आयोगले जनाएको छ । सय मेगावाट माथिका जलविद्युत आयोजनाको विद्युत खरिद दर स्वीकृत गर्न सार्वजनिक सुनुवाई गर्नुपर्ने कानूनी प्रावधान छ ।

आयोगका अनुसार सम्बन्धित सरोकारवालाले कार्यक्रममै उपस्थित भएर वा लिखितरूपमा इमेलमार्फत पनि आयोजनाको विद्युत खरिद दरका सम्बन्धमा राय/सुझाव पेश गर्न सक्नेछन् । १२८ मेगावाटको यो नदीको बहावमा आधारित (आरओआर) आयोजना हो ।

नेपाल विद्युत प्राधिकरणले सुख्खा याममा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट विद्युत खरिद दर स्वीकृत गर्न आयोग समक्ष आवेदन दिएको छ । यो दरमा ८ पटकसम्म वार्षिक ३ प्रतिशत मूल्यवृद्धि हुने प्रस्तावमा छ । आयोगको स्वीकृतिपछि विद्युत प्राधिकरणले आयोजनाको प्रवर्द्धक कम्पनीसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्नेछ ।

ताप्लेजुङको तमोर र मेवा नदीको पानी उपयोग हुने गरी निर्माण हुने यो आयोजना सम्पन्न हुँदा वार्षिक ७११.४३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना निर्माण गर्न २४ अर्ब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

निर्माण सुरु गरेको ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । विद्युत प्राधिकरणसँग पिपिए गरे लगत्तै वित्तीय व्यवस्थापन सम्झौता गरी आयोजनाको संरचना निर्माणको काम सुरु गरिने कम्पनीले जनाएको छ ।


Read Previous

मेलम्ची नगरपालिकाद्वारा बाढी, पहिरो प्रभावित पाँचपोखरी र हेलम्बु सहयोग

Read Next

काठफोर्ड कलेजले सुरु गर्यो नयाँ शैक्षिक कार्यक्रम बिबिए प्लस र बिबिएम प्लस

Leave a Reply

Your email address will not be published.