Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

भुटानले घटायो पर्यटकबाट दैनिक लिने शुल्क


काठमाडौं । भुटानले विदेशी पर्यटकहरुबाट दैनिक रुपमा असुल्दै आएको शुल्कमा भारी कटौती गरेको छ । कोभिडका कारण लगाएका प्रतिबन्धहरु हटेको भएपनि पर्यटन क्षेत्रमा अपेक्षाकृत पुनःबहाली नआएपछि पर्यटन अर्थतन्त्रलाई टेवा दिन र पर्यटकहरुलाई आकर्षित गर्न सरकारले शुल्क घटाएको हो । गएको सेप्टेम्बरमा कोभिडसम्बद्ध प्रतिबन्धहरु सकिने बित्तिकै विदेशबाट घुम्न आउनेहरुको संख्या ह्वात्तै बढ्छ भन्ने आशामा भुटानले दिगो विकास शुल्क भन्दै पर्यटकहरुबाट लिइने शुल्क दैनक ६५ डलरबाट बढाएर एकैचोटी २०० डलरमा पुर्याएको थियो ।

शुल्क वृद्धिको कारणको रुपमा भने विदेशबाट आउने अतिथिहरुले गर्दा हुन सक्ने कार्बन उत्सर्जनको भर्पाई बताइएको थियो । एक वर्ष नबित्दै सरकार सो निर्णयबाट पछि हटेको छ । सेप्टेम्बरदेखि यो शुल्क घटेर सय डलरमा झर्नेछ । नयाँ शुल्क ४ वर्षका लागि लागू हुने बताइएको छ । रोजगारी सृजना, विदेशी मुद्रा आर्जन र समग्र आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको महत्प निकै धेरै छ । सरकारको पछिल्लो घोषणाले पयर्टन क्षेत्रलाई टेवा दिने आशा गरिएको छ । शुल्क घटेपछि पर्यटन क्षेत्रले अर्थतन्त्रमा ३ अर्ब डलरको योगदान दिने आशा सरकारको छ । यो भनेको भुटानी अर्थतन्त्रको २० प्रतिशत हाराहारी हुनेछ ।

कोभिडयता पर्वतारोहणमा बन्देज जस्ता कदमका कारण पर्यटकहरुको आगमन सीमित बनेको छ । यस्तोमा पयर्टक शुल्कका कारण थोरै खर्च गर्न चाहने पयर्टकहरु पनि बिच्किए । सेप्टेम्बर देखि डिसेम्बर पयर्टन क्षेत्रमा भ्याई नभ्याई हुने समय हो । यो वर्षको जनवरीयता भुटानमा जम्मा जम्मी ५६ हजार पयर्टक मात्रै आएका छन् । पयर्टकहरुको संख्या बढाउन भुटानले यो वर्षको शुरुमा पयर्टकहरुको बसाई र उनीहरुले तिर्नुपर्ने शुल्क सम्बन्धी नियमनहरु खुकुलो पारेको थियो । तर यसले पनि पयर्टकहरुलाई तान्न नसकेपछि सरकार बाध्य भएर शुल्क घटाउन तिर लागेको हो । एजेन्सी 


Read Previous

कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

Read Next

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

Leave a Reply

Your email address will not be published.