Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा


भक्तपुर । केहीदिनदेखि अविरल परेको वर्षाका कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापको राजेन्द्र थापा, शुली पराजुली, रमेश पराजुली, अच्युत पराजुलीका घर पहिरोको उच्च जोखिममा परेका छन् । ताथली हनुमान चोकका तीन घर र ताथली सौडोलको गिरीटोलका छ घर पहिरोको उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ । ताथली सौडोलकै देवी उच्च माध्यमिक विद्यालय पनि पोहिरोको जोखिममा परेको प्रमुख खत्रीको भनाइ छ ।

पहिरोको जोखिममा परेका घर संरक्षणका लागि नगरपालिकाले टोलीनै खटाएको पनि उनले बताए । “नगर क्षेत्रमा पहिरोको जोखिममा परेका घरको विवरण सङ्कलन भइरहेको र स्थानीय तहबाट सूचना प्राप्त हुनासाथ नगरपालिकाले प्राविधिकसहितको विपद् व्यवस्थापन टोली खटाउने काम भइरहेको छ”, प्रमुख खत्रीले भने ।

उनका अनुसार विपद् व्यवस्थापन टोलीले पहिरो निरीक्षण गरी सडक तथा घर बस्ती जोगाउन आवश्यक पहल तत्कालै सुरु गर्ने गरेको छ । नगरपालिकाले पीडितलाई तत्कालै त्रिपाल, प्लास्टिक बोरा, पाइप वितरण गर्ने तथा पहिरो रोकथामका लागि आवश्यक कार्य गरिरहेको बताइएको छ । दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाले टेवा पर्खाल लगाउने काम पनि गरिरहेको पनि उनले बताए ।

नगरपालिकाले विपद् राहत कोषका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट छुट्याइएको थियो । विपद् रोकथाम अन्तर्गत पूर्वतयारीका लागि ६५ लाख ५० हजार रुपैयाँ, विपद् व्यवस्थापनका लागि तीन करोड ६५ लाख ५० हजार रुपैयाँ र नगरपालिकासँगको समन्वयमा आइसेट नेपालले ३६ लाख रुपैयाँको कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

“नगरपालिका र वडामा विपद् व्यवस्थापन समिति गठन गरेका छौँ, विपद्सम्बन्धी अभिमुखिकरण, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनासम्बन्धी कार्यशाला सम्पन्न गरेका छौँ ।” उनले भने । राहत सामग्रीदेखि आधारभूत खोजउद्वार सामग्री भण्डारण गरिएको पनि उनले जानकारी दिए ।


Read Previous

भुटानले घटायो पर्यटकबाट दैनिक लिने शुल्क

Read Next

नागढुङ्गा–मुग्लिन सडकको स्तरोन्नति हुँदै

Leave a Reply

Your email address will not be published.