Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

लद्दाखको लेहमा हाइड्रोजन बसको परीक्षण शुरु


काठमाडौं । भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन (एनटीपीसी)ले हाइड्रोजन बसको परीक्षण सञ्चालन शुरु गरेको छ । लद्दाखको लेह शहरमा १७ गतेदेखि बस चलाउन थालिएको हो । बसको व्यवसायी परीक्षण तीन महीनासम्म चल्नेछ ।

लेहको भित्री सडकहरुमा चलाउनका लागि कम्पनीले ५ थान नोज फयूल सेल बसहरु दिएको छ । हालका लागि यी बसमा भाडा डिजेलबाट चल्ने बसकै सरह तोकिएको छ । लद्दाखलाई कार्बन तटस्थ बनाउने लक्ष्य हासिल गर्न एनटीपीसीले लेहमा हाइड्रोजन फ्युलिङ स्टेशन, सौर्य ऊर्जा केन्द्र खोलेको छ ।

यस परीक्षणमा बसहरु सडकमा चलाउन लायक छन् कि छैनन् भनेर हेरिनेछ । साथै अनि वैधानिक प्रक्रियाहरुलाई पनि पूरा गरिनेछ । भारतमा सार्वजनिक सडकमा हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा आएको यो पहिलो पटक हो । ११ हजार ५०० फिट माथिको क्षेत्रमा यी बसहरुको परीक्षण भएको पनि यो पहिलो पटक भएको दाबी एनटीपीसीको छ । एजेन्सी

 


Read Previous

सुख्खा यामको माग व्यवस्थापन गर्न भारतबाट १९ अर्ब बढीको विद्युत आयात

Read Next

किन कमजोर भयो ऊर्जा मन्त्रालय मातहतका गौरवका आयोजनामा कार्यसम्पादन ?

Leave a Reply

Your email address will not be published.