Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

सुख्खा यामको माग व्यवस्थापन गर्न भारतबाट १९ अर्ब बढीको विद्युत आयात


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (२०७९/८०) मा  १९ अर्ब रुपैयाँ बढीकाे  विद्युत भारतबाट आयात गरेको छ ।  आन्तरिक उत्पादनले नपुगेपछि सुख्खा यामको माग व्यवस्थापन गर्न यति मूल्यको विद्युत भारतबाट आयात गरिएको हो ।

गत आवमा सुख्खा याममा नदी तथा खोलामा पानीको सतह कम भई आन्तरिक उत्पादन घटेकाले माग व्यवस्थापन गर्न प्रक्षेपणभन्दा बढी विद्युत आयात गर्नु परेकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार गत आवमा सुख्खा यामको माग व्यवस्थापन गर्न १ अर्ब ४३ करोड युनिट विद्युत भारतबाट आयात गरिएको छ ।

‘हाम्रा जलविद्युतगृहको उत्पादन अहिलेसम्मकै न्युन विन्दुमा पुगेकाले आन्तरिक माग धान्न ८ गत आवमा १९ अर्ब ४४ करोड रुपैयाँको विद्युत आयात गरियो,’ उनले भने, ‘यो आयात अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७९ प्रतिशत बढी हो ।’

उनले गत आवको बर्खा याममा १० अर्ब ४५ करोड रुपैयाँ बराबरको विद्युत भारतीय बजारमा निर्यात गरिएको बताए । यो अवधिमा १ अर्ब ३४ करोड युनिट विद्युत भारतीय बजारमा निर्यात गरिएको छ । आयातका लागि खर्च भएकाे रकम निर्यातकाे तुलनमा करिब ९ अर्ब रुपैयाँले बढी हाे ।

आन्तरिक उत्पादनमा आएको कमीका कारण विद्युत आयात परिमाण बढेकै कारण गत आवमा प्राधिकरणको नाफा अघिल्लो आवको तुलनामा घट्न पुगेको घिसिङले बताए । यो आवमा प्राधिकरणको मुनाफा ७.७६ प्रतिशतले घट्न गई १२ अर्ब ३३ करोड रुपैयाँ रहेको उनले बताए ।

आव २०७८/७९ मा ४९ करोड युनिट विद्युत निर्यात भएकोमा भारतीय बजारमा पहुँच पाएपछि गत आवमा निर्यात हुने विद्युत परिमाण पनि बढेको थियो । घिसिङले गत आवमा अघिल्लो आवको तुलतामा राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध विद्युत परिमाण ११.८० प्रतिशत बढेर १२ अर्ब ३६ करोड युनिट पुगेको बताए ।

प्रसारण प्रणालीमा उपलब्ध विद्युत परिमाण मध्ये प्राधिकरणका सहायक कम्पनीको योगदान ४३.८० प्रतिशत छ । निजी क्षेत्रको योगदान ४१.३८ प्रतिशत छ भने १४.८२ प्रतिशत योगदान भारतबाट आयातित विद्युतको रहेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो १ वर्षमा विद्युत खपत ५.५० प्रतिशतले बढेर ९ अर्ब ३५ करोड युनिट पुगेको छ । यो अवधिमा राष्ट्रिय प्रणालीबाट हुने विद्युत चुहावट १.९२ अंकले घटेर १३.४६ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो नै प्रणालीबाट भएको अहिलेसम्मकै न्यून चुहावट हो ।


Read Previous

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

Read Next

लद्दाखको लेहमा हाइड्रोजन बसको परीक्षण शुरु

Leave a Reply

Your email address will not be published.