Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

विश्वभर यो वर्ष स्मार्टफोनको किनबेच दशकयताकै न्यून स्तरमा झर्दै


काठमाडौं । यो वर्ष विश्व बजारमा स्मार्टफोनको बिक्री एक दशकयताकै खराब रहने देखिएको छ । बजार अनुसन्धानकर्ता संस्था काउन्टरप्वाइन्ट रिसर्चले गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो । अमेरिका र चीनमा स्मार्टफोनको किनबेच सुस्ताएपछि समग्रमा विश्वव्यापी विक्री प्रभावित हुने क्रममा छ ।

काउन्टरप्वाइन्टका अनुसार सन् २०२३ मा विश्वभर १ अर्ब १५ करोड थान डिभाइस विक्री हुनेछ । विक्रीको यो आकार एक वर्ष अघिको भन्दा ६ प्रतिशत कम हो । वर्षको शुरुमा चीनको स्मार्टफोन बजारमा चहलपहल बढेको भएपनि पछिल्लो समय अवस्था आशाजनक छैन । वर्षेनी बढीमा औसत ४५ करोड थान स्मार्टफोन बिक्ने गरेको चीनमा विक्री घटेर औसत २७ करोड थानमा झरेको छ ।

रोजगारी बजार मजबुत रहेको अनि महँगी घटिरहेको भएपनि उपभोक्ताहरु आफ्नो पुरानो फोन फेर्न खासै उत्साहित छैनन् । जसले गर्दा अमेरिका र विश्वभर नै फोन फेरिने अवधि बढिरहेको छ । प्रिमियम तथा अल्ट्रा प्रिमियम स्मार्टफोनको मागमा बढ्दा अन्य प्रतिस्पर्धी कम्पनीहरुको तुलनामा एप्पलको आइफोनको बिक्रीदरमा लोभलाग्दो वृद्धि हुने आशा गरिएको छ । एजेन्सी


Read Previous

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

Read Next

राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत उपयोग गर्ने ग्राहक ५६ लाख नाघे

Leave a Reply

Your email address will not be published.